site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
भीभीआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गरिँदै
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भीभीआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्न लागिएको बताएका छन् । सडक सुरक्षा तथा ट्राफिक सचेतना सप्ताह–२०८० समापन समारोहमा शुक्रबार उनले यस्तो बताएका हुन् ।

उनले भीभीआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि परिमार्जन गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा पुगेको जानकारी दिए । कार्यविधिमा ‘सवारी’लाई ‘भ्रमण’ शब्दमा रूपान्तरण गरिएको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले अतिविशिष्ठ र विशिष्ठ व्यक्तिको भ्रमणमा सकेसम्म सडक खाली नगर्ने र कमभन्दा कम आमनागरिकलाई असर पर्ने गरी गराउने विषय कार्यविधिमा व्यवस्थापन गरिएको बताए ।

“भीभीआईपी सवारीको प्रसंग उठिरहेको थियो । अहिले हामीले पछिल्लो चरणमा देखिराखेका पनि छौँ । हाम्रा भीभीआईपीहरूको भ्रमण गराउँदा पहिलाको जस्तो तामझामलाई विस्तारै मिनिमाइज गर्दै लगिएको छ । त्यसलाई विस्तारै सुधार गर्दै लगिएको छ । अहिले पछिल्लो चरणमा भीभीआईपीको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधि विशिष्ट व्यक्तिहरूको सुरक्षा व्यवस्थापनसम्बन्धी कार्यविधिमा परमार्जन भएर मन्त्रिपरिषद्मा पुगेको छ,” उनले भने, “त्यसमा यो सवारी भन्ने शब्दलाई भ्रमण भन्ने शब्दमा रूपान्तरण गरिएको छ । अतिविशिष्ठ र विशिष्ठ व्यक्तिहरूको भ्रमण गराउँदा सकेसम्म सडक खाली नगर्ने र कमभन्दा कम आमनागरिकलाई असर पर्ने गरी भीभीआईपीको भ्रमण गर्ने गरी कार्यविधिमा व्यवस्थापन गरिएको छ । विस्तारै त्यो लागु भएको पछिल्लो चरणमा सम्माननीय राष्ट्रपतिज्यूको भिजिटबाट प्रमाणित हुन्छ ।” 

Global Ime bank

सार्वजनिक यातायातले रिजर्भमा मानिस बोक्ने परिपाटी बन्द गरी रुटमा सवारीसाधन सञ्चालन गर्नुपर्नेमा उनले जोड दिए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १९, २०८०  ११:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
अनशनकारीको उपेक्षा नगर !
अनशनकारीको उपेक्षा नगर !