खेल

काठमाडौं । प्रहरी प्रधान कार्यालयले राष्ट्रिय किक्रेट खेलाडी दीपेन्द्र सिंह ऐरीलाई विशेष बढुवा दिएको छ ।
ऐरीलाई प्रहरी जवान पदबाट प्रहरी सहायक हवल्दार पदमा बढुवा गरिएको प्रहरी प्रवक्ता डीआईजी कुवेर कडायतले जानकारी दिए ।
प्रहरीका खेलाडी ऐरीले चीनमा भएको एसियन खेलमा मंगोलियाविरुद्ध ऐतिहासिक अर्धशतक प्रहार गरेका थिए ।
सोही खेलको मूल्यांकन गर्दै उनलाई हवल्दारमा बढुवा गरिएको हो ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० १८:२५
प्रतिक्रिया दिनुहोस्