खेल

काठमाडौं । आईएमई पेको ब्रान्ड एम्बास्डरको रूपमा नेपाली राष्ट्रिय क्रिकेट टिमका दुई खेलाडी सोमपाल कामी र करण केसी नियुक्त भएका छन् ।
आईएमई डिजिटल सोलुसन लिमिटेडले बिहीबार आईएमई पेको ब्रान्ड एम्बास्डरको रूपमा करण र सोमपालसँग सम्झौता गरेको हो । सम्झौता पत्रमा आईएमई पेका प्रमुख कार्यकारी अधिकृत प्रवीण रेग्मी र दुई खेलाडीले हस्ताक्षर गरेका हुन् ।
सम्झौताअनुसार आईएमई पेले यी दुई खेलाडीलाई वार्षिक समान पाँच लाख रुपैयाँ दिने र खेलाडीहरूले आईएमई पेको प्रचार गर्नेछन् ।
प्रकाशित मिति: बिहीबार, असोज १८, २०८० १७:१९
प्रतिक्रिया दिनुहोस्