site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
कांग्रेसका सहमहामन्त्री यादवमाथि खुकुरी प्रहार गर्ने सापकोटा जेल चलान
प्रतीकारात्मक तस्बिर ।

काठमाडौं  । नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार गर्ने नुवाकोटका श्यामबहादुर सापकोटा जेल चलान भएका छन् ।

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद अधिकारीको सोमबारको इजलासले उनलाई पुर्पक्षका लागि जेल चलान गर्ने आदेश गरेको हो । सापकोटाविरुद्ध प्रहरीले ज्यान मार्ने उद्योगमा मुद्दा चलाएको थियो ।

Dabur Nepal
NIC Asia

उनले भदौ २० मा रिपोर्टस् क्लबको एक कार्यक्रममा सहभागी भएर फर्किदै गर्दा यादवमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहार गरे लगत्तै उनले देश बचाउन यादवमाथि खुकुरी प्रहार गरेको प्रतिक्रिया दिएका थिए ।

जिल्ला अदालतको आदेशले उनी सुन्धारा कारागार चलान भएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:२१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro