site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
सार्वजनिक खरिद ऐनमा संशोधन हुँदैन, नयाँ ल्याउनुपर्छ : मन्त्री ज्वाला

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनमा संशोधन नहुने भन्दै नयाँ ऐन ल्याउने तयारीमा सरकार रहेको बताएका छन् ।

प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बुधबारको बैठकमा बोल्दै उनले अहिलेको ऐनले विकास निर्माणको काम अघि बढाउन सहज नभएको बताए । यो विषयमा प्रधानमन्त्रीसँग आजै मात्र छलफल गरिएको पनि उनले जानकारी दिए ।

“पुरानोलाई संशोधन डेन्टिङ पेन्टिङतिर हामी जाँदैनौँ । नयाँ सार्वजनिक खरिद ऐन ल्याउने गरी काम अघि बढाएको छ,” उनले भने ।

अर्थ समितिमा हुँदा अध्ययन गरेर सुझाव दिए पनि त्यो काम नलागेको उनले बताए ।

Global Ime bank

बैठकमा सांसद माधव सापकोटाले ऐन नयाँ ल्याउनुपर्ने भन्दै धारणा राखेका थिए । जवाफमा मन्त्री ज्वालाले सो कुरा बताएका हुन् ।

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
अब त रोम विधान अनुमोदन गर !
अब त रोम विधान अनुमोदन गर !
SubisuSubisu