site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
सिक्किममा बाढी : तीनजनाको मृत्यु, १५ हजार मानिस प्रभावित

काठमाडौं । भारतको सिक्किम राज्यमा बुधबार बिहान आएको बाढीका कारण तीनजनाको मृत्यु भएको छ । बाढीबाट १५ हजारभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ ।

सिक्किम राज्य विपद् व्यवस्थापन प्राधिकरण (एसएसडीएमए)ले उद्धार र राहतका क्रममा सिङ्तामबाट तीनजनाको शव फेला परेको जनाएको छ ।

उत्तर सिक्किमको लोनाक ताल माथिबाट आएको बाढीले टिस्टा नदीको सतह बढाएसँगै ठूलो क्षति भएको हो ।

यस्तै, चुङ्थाङ बाँधको पानीसमेत निस्किएपछि सैन्य क्याम्प, सवारी साधन र २३ सैनिकलाई बगाएको हो ।

बाढीले सिक्किमको राजधानी गान्तोकबाट करिब ३० किलोमिटर टाढा रहेको सिङ्ताम सहरको इन्द्रेणी पुल पनि बगाएको बताइएको छ ।

सिक्किमलाई पश्चिम बंगाल राज्यसँग जोड्ने मुख्य राजमार्ग समेत बगेको छ ।

सिक्किमका मुख्य सचिव भीएस पाठकले बाढीका कारण करिब १५ हजार मानिस प्रभावित भएको र टिस्टा नदीको किनारमा रहेका कम्तीमा पनि आठ वटा ठूला पुल बगाएको बताएका छन् ।

तल्लो क्षेत्रका सबै प्रहरी चौकीलाई त्यहाँका बासिन्दाहरूलाई सुरक्षित स्थानमा लैजान भनिएको बताइएको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १६:२४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro