site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Global Ime bankGlobal Ime bank
तीन वैज्ञानिकलाई रसायनशास्त्रतर्फको नोबेल पुरस्कार

काठमाडौं । यस वर्षको रसायनशास्त्रतर्फको नोबेल पुरस्कार तीन वैज्ञानिकले पाएका छन् । ‘क्वान्टम डट्सको खोज र संश्लेषण’मा गरेको योगदानका लागि वैज्ञानिक मोउंगी जी बावेन्डी, लुइस ई. ब्रुस र एलेक्सई आई एकिमोभलाई रसायनशास्त्रतर्फको पुरस्कार प्रदान गरेको हो ।

बुधबार स्विडेनको राजधानी स्टकहोममा रोयल स्वीडिस एकेडेमी अफ साइन्सेजले पुरस्कार घोषणा गरेको हो ।

Dabur Nepal
NIC Asia

क्वान्टम डटहरू टेलिभिजनदेखि एलईडी स्क्रिनमा पनि देखिन्छन् । क्वान्टम डटले रासायनिक प्रतिक्रियालाई उत्प्रेरित गर्ने हुँदा त्यतिबेला उत्पन्न हुने प्रकाशले चिकित्सकका लागि ट्युमर टिस्यु पत्ता लगाउन मद्दत गर्छ ।

रंगीन प्रकाश बनाउने, इलेक्ट्रोनिक्स, मिनिस्क्युल सेन्सर, स्लिमर सोलार सेलदेखि एन्क्रिप्टेड क्वान्टम कम्युनिकेसनमा क्वान्टम डटको प्रयोग हुनसक्ने अनुमान गरिएको छ ।

यसअघि हिजो मंगलबार यस वर्षको भौतिकशास्त्रतर्फको नोबेल पुरस्कार पियरे अगोस्टिनी, फेरेन्क क्राउज र एनी लुहुलियरलाई प्रदान गरिएको थियो ।

चिकित्साशास्त्रतर्फको नोबेल पुरस्कार कोभिड–१९ विरुद्धको एमआरएनए खोप विकासमा योगदान गर्ने दुई वैज्ञानिक क्याटालिन कारिको र ड्र्यू वेइसम्यानलाई प्रदान गरिएको छ ।

अब तीन नोबेल पुरस्कार घोषणा हुन बाँकी छन् । स्टकहोममा बिहीबार र शुक्रबार क्रमशः साहित्य र शान्तितर्फको पुरस्कार प्रदान गर्ने कार्यक्रम रहेको छ । अर्थशास्त्रतर्फको पुरस्कार भने अक्टोबर ९ मा घोषणा गरिने छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १५:४८
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro