site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
हेटौँडा–काठमाडौं सडकखण्ड अवरुद्ध
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

मकवानपुर । गए राति परेको वर्षासँगै आएको पहिरोका कारण  हेटौँडाबाट काठमाडौं जोड्ने दुईवटा सडकखण्ड आज बिहानैदेखि यातायात अवरुद्ध भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार पहिरोका कारण हेटौँडाबाट काठमाडौं जोड्ने कान्ति लोकपथ सडकखण्डअन्तर्गत ललितपुर जिल्लाको भट्टेडाँडास्थित पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिरोकै कारण कुलेखानी–सिस्नेरी सडकखण्डअन्तर्गत विभिन्न स्थानमा पहिरो जाँदा आज बिहानैदेखि यातायात अवरुद्ध भएको छ ।

ती दुवै सडकखण्डमा गएको पहिरो आज अपराह्नमा हटाई यातायात सञ्चालनमा ल्याउने तयारी भइरहेको उनको भनाइ छ । उक्त सडकखण्ड हुँदै चल्ने सवारीसाधन वैकल्पिक सडकबाट सञ्चालन गर्न प्रहरी नायब उपरीक्षक भण्डारीको आग्रह छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  १०:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement