site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
२० लाखभन्दा बढीको मकै, गहुँ र चिनीसहितको ट्रक नियन्त्रणमा
Tiktok banner adTiktok banner ad

काठमाडौं । सुनसरीको कोसी गाउँपालिका–८ स्थित तीनकुने सीमाबाट सशस्त्र प्रहरीले करिब २० लाख २५ हजार रुपैयाँ बराबरको मकै, गहुँ र चिनीसहित एउटा ट्रकलाई नियन्त्रणमा लिएको छ ।

प्रस्तावित सीमा सुरक्षा गुल्म हरिपुरले वैशाख २९ गते नियन्त्रणमा लिएको ट्रकबाट आज चेकजाँच गर्ने क्रममा १८ बोरामा रहेको ९९० केजी मकै, ९५ बोरामा रहेको पाँचहजार २७९ केजी गहुँ र ५९५ बोरामा रहेको २९ हजार ७५० केजी चिनी बरामद गरिएको हो ।

बीआर ५० जी ९०५७ नम्बरको ट्रकलाई नियन्त्रणमा लिएर सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा ल्याएर राखिएको थियो ।

नियन्त्रणमा लिइएको सामान र  ट्रकसहित ४५ लाख २५ हजार ८६० रुपैयाँ मूल्य कायम भएको छ   । बरामद सामान र ट्रक सेतुबन्ध भन्सार कार्यालय सुनसरीमा बुझाइएको सशस्त्रका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, जेठ १, २०८१  २०:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro