site stats
बाह्रखरी :: Baahrakhari
देश
किन लगातार वर्षा भइरहेको छ ? आज दिनभर पानी पर्छ ?
फाइल तस्बिर

काठमाडौं । काठमाडौं उपत्यकासहित देशका विभिन्न भू–भागमा बिहानैदेखि वर्षा भइरहेको छ । देशभर आंशिकदेखि सामान्य बदली रही गण्डकी, लुम्बिनी, कोसी र वाग्मती प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

Argakhachi Cement Island Ad

कोसी, मधेस, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

“आज पनि सोमबार र मंगलबारजस्तै पानी पर्नेछ । भोलिबाट पानी पर्नेक्रम कम हुनेछ,” मौसमविद् गंगा नगरकोटी बाह्रखरीसँग भन्छिन्, “काठमाडौंमा आज मंगलबार जस्तै पानी पर्ने र केही समय रोकिने क्रम आज दिनभर चलिरहनेछ ।” 

विभागले राति देशभर आंशिकदेखि सामान्य बदली रहने बताएको छ । कोसी, मधेस र वाग्मती  प्रदेशका केही स्थान र बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । 

कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ ।

नेपालबाट मनसुन बाहिरिन बाँकी रहेको र भारतको झारखण्ड आसपास क्षेत्रमा रहेको न्यूनचापीय क्षेत्र बनेका कारण नेपालमा केही दिनदेखि लागातार वर्षा भइरहेको मौसमविद् नगरकोटी बताउँछिन् । 

वर्षाले नदीको जलसतह हल्का बढ्ने, बाढी, पहिरो, भूक्षयजस्ता प्रकोप हुनसक्ने भएकाले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायात प्रभावित हुनसक्ने विभागले जनाएको छ । त्यसैले सम्भावित क्षतिबाट बच्न सतर्क रहन विभागको आग्रह छ ।  

प्रकाशित मिति: बुधबार, असोज १७, २०८०  ०६:०४
प्रतिक्रिया दिनुहोस्