site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बझाङ भूकम्पमा घाइते हुनेको संख्या आठ पुग्यो, ९ घर भत्किए
बझाङको चैनपुर बजार । फाइल तस्बिर ।

काठमाडौं । बझाङमा मंगलबार दिउँसो भूकम्प जाँदा आठजना घाइते भएका छन् ।

मष्टा गाउँपालिका–१, केदारस्युँ गाउँपालिका र जयपृथ्वी नगरपालिकामा आठजना घाइते भएको बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले जानकारी दिए ।

“घाइतेहरूको स्थानीय अस्पतालहरूमा उपचार भइरहेको छ,” उनले भने ।

बझाङमा केही स्थानमा घरहरू भत्किएको सूचना प्राप्त भएको उनले उल्लेख गरे । हालसम्म ९ वटा घर भत्केको सूचना आएको उनले जनाए ।

क्षतिको विवरण संकलन गर्ने कार्य जारी रहेको छ ।

मंगलबार बझाङमा २६ मिनेटको अन्तरमा दुई ठूला भूकम्प गएका थिए ।

भूकम्पपछि जयपृथ्वी नगरपालिका–७, कचलीखोला भन्ने स्थानमा पहिरो खसेर बाटो अवरुद्ध भएको छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १७:४७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro