site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अस्ट्रेलियाली सांसदको टोली नेपाल भ्रमणमा 
डिक मिल्टन । फाइल तस्बिर ।

काठमाडौं । अस्ट्रेलियाली प्रतिनिधिसभाका सभामुख डिक मिल्टनको नेतृत्वमा एक संसदीय प्रतिनिधिमण्डलले मंगलबारदेखि नेपाल भ्रमण गर्दै छ । उनीहरू यही असोज २० गतेसम्म नेपालमा रहने काठमाडौंस्थित अस्ट्रेलियाली दूतावासले जनाएको छ ।

“अस्ट्रेलिया र नेपालबीच रहिआएको दौत्यसम्बन्धको ६ दशकमा अस्ट्रेलियाली संसदीय टोलीको यो पहिलो नेपाल भ्रमण हो र यस भ्रमणले हाम्रा दुई देशहरूबीचको सम्बन्ध सुदृढ हुँदै गएको देखाउँछ,” दूतावासद्वारा मंगलबार जारी विज्ञप्तिमा उल्लेख छ ।

भ्रमण टोलीमा प्रतिनिधिसभाका सांसदहरू लिब्वी कोकर र जोआन रियान र अस्ट्रेलियाली संसद्को माथिल्लो सदन सिनेटका सदस्यहरू डीन स्मिथ र राल्फ वाबेट सहभागी छन् ।

भ्रमण टोलीले नेपालको प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासित भेटवार्ता गर्ने दूतावासले जनाएको छ ।

“यस भ्रमणले अस्ट्रेलिया र नेपालबीचको सम्बन्धलाई थप सबल बनाउने र संसदीय सम्पर्कहरूलाई थप मजबुत बनाउनेछ । भ्रमणका अवसरमा दुई देशका प्रतिनिधिहरूले संसदीय प्रजातान्त्रिक अभ्यासहरू, संघीय व्यवस्थाको सञ्चालन र तीनै तहका सरकारमा सुशासन प्रवर्द्धन गर्ने विषयहरूमा अनुभव आदानप्रदान गर्नेछन्,” विज्ञप्तिमा उल्लेख छ ।

शिक्षा, विकास सहयोग, वाणिज्य र लगानीजस्ता क्षेत्रमा अस्ट्रेलिया र नेपालबीच रहेको जनता र सरकारस्तरीय सम्बन्धलाई यो भ्रमणले अझ मजबुत बनाउने दूतावासले विश्वास व्यक्त गरेको छ ।

भ्रमण टोलीले अस्ट्रेलियाको सहयोगमा सञ्चालित स्थानीय शासन सबलीकरण कार्यक्रम, जलवायु परिवर्तनले ल्याएका चुनौती र यसको प्रतिकार्यका काम, साना किसानलाई प्रदान गरिएका सहयोग र अटिजमलगायत स्नायु विकाससम्बन्धी चुनौती झेलिरहेका व्यक्तिहरूलाई प्रदान गरिने सेवाका बारेमा जानकारी लिनेछ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
प्रकाशित मिति: मंगलबार, असोज १६, २०८०  १५:१३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Kitchen Concept AdvertisementKitchen Concept Advertisement
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
Hamro patroHamro patro