site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
सत्तारुढ दलका नेताहरू भ्रष्टाचारका हिमायती हुन् : शंकर पोखरेल
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तारुढ दलका नेताहरू आफैँ जेल जाने बताएका छन् ।

सरकारले एकपछि अर्को भ्रष्टाचारको काण्ड छानबिन गर्ने बताइरहेका बेला उनले सत्तारुढ दलका नेताहरूको शासकीय चरित्रनै भ्रष्टाचार आएको आरोप लगाउँदै उनीहरूनै जेल जाने जिकिर गरे । पार्टीको गण्डकी प्रदेश कमिटिको प्रथम अधिवेशनलाई सोमबार पोखरामा उद्घाटन गर्दै उनले एमाले सधैँ सुशासनको पक्षमा रहेको दाबी समेत गरे ।

Dabur Nepal
NIC Asia

महासचिव पोखरेलले सत्तारुढ गठबन्धनका नेताहरू भ्रष्टाचारका हिमायती रहेको समेत पटकपटक दोहोर्‍याए । उनले पार्टी अध्यक्ष केपी ओली नेतृत्वको सरकारले मुलुकमा विकास र समृद्धिको लहर ल्याएको पनि बताए ।

महासचिव पोखरेलले भने, "जेल जाने काम भनेको सत्ताको नेतृत्व गरिरहेको गठबन्धनका नेताहरूनै जेल जाँदैछन् एमाले होइन । किनकी एमाले सदैव भ्रष्टाचारको विरुद्धमा छ । एमाले सुशासनको पक्षमा छ । त्यस अर्थमा जतिजति घटनाका छानविन हुँदैछन् । अन्त्यमा जेल जाने काम सत्ता गठबन्धनको हुनेछ । किनकी उनीहरू भ्रष्टाचारका हिमायती हुन् । भ्रष्टाचार उनीहरूको शासकीय चरित्र हो भन्ने कुरालाई तपाईं, हामी सबैले बुझ्न जरुरी छ भन्ने कुरा म राख्न चाहन्छु । जतिबेला हाम्रो पार्टी अध्यक्ष प्रधानमन्त्रीका रूपमा रहनु भयो, देशव्यापी रूपमा विकास र समृद्धिका लहरहरू सुरु भए । यही पोखरामा हामीले दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल बनाउने कामको नेतृत्व गर्‍यौं ।"

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १८:२८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu