site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
एमाले कोसी अधिवेशन : मतगणना सुरु

विराटनगर । नेकपा (एमाले) कोसी प्रदेशको नेतृत्वका लागि भएको निर्वाचनको मतगणना सुरु भएको छ ।‌ मनास्लु पार्टी प्यालेसमा गएराति अबेरसम्म मतदान भएको थियो ।

निर्वाचन अधिकृत चुडामणि आचार्यले‌ मतगणना सुरु भएको जानकारी दिए । आइतबार रातभरि भएको मतदानमा ९७७ मत खसेको थियो । २० जनाले मतदान गरेनन् ।

Dabur Nepal
NIC Asia

मतगणना गर्न सात स्थानमा व्यवस्था मिलाइएको आचार्यले बताए । अध्यक्षका उमेदवारले १०÷१० जना प्रतिनिधि राख्न मिल्ने व्यवस्था मिलाइएको छ । पदाधिकारीका उमेदवारले मतगणना हेर्न सक्नेछन् ।

शुक्रबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले अधिवेशन उद्घाटन गरेका थिए । अधिवेशनले २१५ सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ ।

प्रदेश कमिटीको अध्यक्षमा घनश्याम खतिवडा र विनोद ढकाल प्रतिस्पर्धामा छन् । उपाध्यक्षमा धनकुटाका टीकाराम चेम्जोङसहित ७३ जना सदस्य निर्विरोध निर्वाचित भएका छन् ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro