site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रूपमा घोषणा गर्ने तयारी थालेको छ ।

सोमबार सिंहरदरबारमा बसेको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा वन तथा वातावरण मन्त्रालयका सचिव डा. दीपककुमार खरालले तत्काल बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रूपमा घोषणा गरेर जाने तयारी भइरहेको बताए ।

Dabur Nepal
NIC Asia

उनले बाँदरको केसमा भने संसद्‌मै सहमति गरेर वा संकल्प प्रस्ताव पास गरेर नगइकन सरकारबाट सिधै मार्ने, पक्रने लगायतका काम गर्दा धार्मिक, सांस्कृतिक, पारम्परिक रूपमा प्रश्न उठ्ने बताए ।

संसद् र समितिले बाँदरका लागि दिने निर्देशनले मन्त्रालयलाई सोही अनुसारको योजना बनाएर काम गर्न हुने बताए । अहिले सानो खोरमा ६ वटासम्म बाघ राख्ने गरेको उल्लेख गर्दै पशु अधिकारको हनन् भएको बताए ।

उनले भने, "द्वन्द्व निराकरण गर्नको लागि वन्यजन्तुमैत्री पूर्वाधार निर्माण निर्देशिका दुई वर्षअघि मात्रै तर्जुमा गरेर कार्यान्वयन भइरहेको हुनाले विस्तारै अब आगामी दिनमा यो समाधान हुँदै जान्छ । कृषि र बस्तीहरूमा जुन समस्या बढेको छ, वन्यजन्तुको कारणले । बँदेललाई कृषि हानीकारक वन्यजन्तुको रूपमा घोषणा गरेर अहिले तत्त्काल जाने तर बाँदरको केसमा एउटा कुरा संसदमै सहमति गरेर विज्ञप्ति वा कुनै संकल्प प्रस्ताव पास गरेर नगइकन यो विषय तत्काल घोषणा गरेर यसलाई मार्न, समात्न, पक्रन भन्दा धार्मिक, सांस्कृतिक, पारम्परिक रूपमा पनि प्रश्न उठ्ने भएकाले त्यसमा मन्त्रालय र हाम्रो मात्रै क्षेत्र नभएकाले संसद र समितिले पनि निर्देशन दिए त्यही अनुसार काम गर्न सहज हुनेछ ।"

समितिको बैठकमा बोल्दै राष्ट्रिय निकुन्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगानाले मानव–वन्यजन्तु द्वन्द्वका लागि बनाइएको निर्देशिका क्षतिपूर्ति नभएको बताए । 

सो निर्देशिका राहत मात्रै भएको उनको भनाइ थियो । मानव–वन्यजन्तु द्वन्द्व समाधानका लागि २० देखि २२ करोड चाहिने अनुमान रहेपनि अर्थ मन्त्रालयले १० करोड मात्रै बजेट दिएको र यो रकम अपर्याप्त रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १७:०४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Everest BankEverest Bank
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
SubisuSubisu
Hamro patroHamro patro