राजनीति
काठमाडौं । कानुन, न्याय तथा मानवअधिकार समितिले सम्पत्ति शुद्धीकरणसम्बन्धी संशोधनकर्ताहरूसँग छलफल गरेर बुझाउनु पर्ने प्रतिवेदन अपूर्ण भएपछि समय थप गरेको छ ।
सोमबार समितिको बैठकमा उपसमितिका संयोजक रञ्जुकुमारी झाले प्रारम्भिक प्रतिवेदन बुझाएकी थिन् । प्रतिवेदन तयार गर्दा पाँचपटक बैठक बसेको झाले बताइन् ।
१५ दिन निरन्तर बैठक बसेको भए यसलाई पूर्णता दिन सकिने उनको भनाइ छ । अब १० दिन समय थप्न संयोजक झाले माग गरेकी थिइन् ।
उपसमितिमा ११ जना छन् । उनीहरू पनि नियमित उपस्थित नभएको उनको भनाइ छ ।
प्रकाशित मिति: सोमबार, असोज १५, २०८० १३:४३
प्रतिक्रिया दिनुहोस्