site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
१९औँ एसियाली खेलकुद : नेपाली महिला भलिबल टिमको लगातार दोस्रो हार
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । चीनको हाङझाउमा जारी १९औँ एसियाली खेलकुदअन्तर्गत महिला भलिबलमा नेपाली टिमले लगातार दोस्रो हार बेहोरेको छ ।

सोमबार सम्पन्न समूह ‘सी’को खेलमा नेपाली टिम दक्षिण कोरियासँग ३–० को सोझो सेटमा पराजित भएको हो । दक्षिण कोरियाविरुद्ध पहिलो सेट प्रतिस्पर्धात्मक बने पनि त्यसपछिको सेटमा भने नेपालले बलियो चुनौती प्रस्तुत गर्न सकेन ।

Prabhu Bank
Agni Group
NIC Asia

पहिलो सेट दक्षिण कोरियाले २५–२१ ले जितेको थियो । यसपछिका दुई सेटमा भने दक्षिण कोरियाले २५–१४, २५–११ को सोझो स्कोरमा जित निकाल्यो । लगातार दोस्रो हार बेहोरेको नेपाल समूह चरणबाटै बाहिरिएको छ ।

यसअघि, नेपाल पहिलो खेलमा भियतनामसँग ३–० को सोझो सेटमा पराजित भएको थियो । नेपालविरुद्धको जितसँगै कोरिया भने अन्तिम–८ मा प्रवेश गरेको छ ।

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज १५, २०८०  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement