site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
अमरेशको टिप्पणी– छोरी चिनाउनेबाहेक प्रधानमन्त्रीको विदेश भ्रमणको कुनै फाइदा भएन
फाइल तस्बिर ।
Dabur Nepal
NIC Asia

काठमाडौं । प्रतिनिधिसभाका सदस्य अमरेशकुमार सिंहले प्रधानमन्त्रीको विदेश भ्रमणमा छोरीलाई चिनाउनेबाहेक कुनै उपलब्धि नभएको टिप्पणी गरेका छन् । 

आइतबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै सिंहले विश्वको कुनै पनि देशको सरकार प्रमुख १० दिन विदेशमा गएर नबस्ने बताए । उनले प्रधानमन्त्री त्यतिका दिन विदेश बस्नुले नेपालमा प्रधानमन्त्रीको काम छैन भन्ने देखाएको तर्क गरे । 

"दुनियाँको कुनै पनि सरकार प्रमुखले कुनै देशमा गएर १० दिन बस्छ ? या ७ दिन बस्छ ? यसको अर्थ नेपालमा प्रधानमन्त्रीको काम छैन । प्रधानमन्त्री व्यस्त भएको भए एक, दुई दिनको भ्रमण हुन्छ । प्रधानमन्त्रीले के तिर्थयात्राको लागि गरेको हो भ्रमण ? तिर्थयात्राका लागि त धेरै नेपाली दाजुभाइ घुमिरहेका छन् नि । त्यसका लागि प्रधानमन्त्रीको आवश्यकता हुँदैन नि । प्रधानमन्त्रीको फाइदा आफ्नो छोरीलाई चिनाउन पाउनुभयो । त्यसबाहेक के फाइदा भयो ?," उनले भने ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १९:१९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro