site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
खल्तीबाट वर्ल्डलिंकको भुक्तानी गर्ने २४ जोडी ग्राहकले दुबई घुम्न पाउने

काठमाडौं । भुक्तानी सेवा प्रदायक खल्तीले वर्ल्डलिंकका ग्राहकलाई लक्षित गर्दै ‘दसैँ क्याम्पियन’ अन्तर्गत दुबई भ्रमणको अफर ल्याएको छ ।

अफरअन्तर्गत वर्ल्डलिंक इन्टरनेटको भुक्तानी खल्तीबाट गर्ने गर्नेमध्ये २४ ग्राहक जोडीले ‘दुबई भ्रमण’ गर्ने मौका पाउने छन् ।

Dabur Nepal
NIC Asia

अफरमा सहभागी हुन ग्राहकले इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गर्नुपर्ने छ ।

खल्तीबाट भुक्तानी गर्नेमध्ये हरेक हप्ता दुई जोडीका दरले २४ जोडीले ४ रात ५ दिनका लागि दुबई घुम्ने मौका पाउने कम्पनीले जनाएको छ ।

दुबई भ्रमण अफरमा लाग्ने सम्पूर्ण खर्च खल्तीले नै व्यहोर्ने बताएको छ ।

तीन महिना वा १२ महिनाको इन्टरनेट शुल्क भुक्तानी गर्ने प्रयोगकर्ता यो अफरमा सहभागी हुन पाउने कम्पनीको भनाइ छ ।

तीन महिनाको इन्टरनेट शुल्क खल्तीबाट भुक्तानी गरेपछि प्रयोगकर्ताले दुईओटा भौचर पाउने छन् भने १२ महिनाको भुक्तानी गर्दा पाँच ओटा भौचर पाउनेछन् । खल्तीले हरेक हप्ता त्यसै भौचरमध्ये दुईवटा विजेता घोषणा गर्ने बताएको छ । 

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  १८:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro