site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Global Ime bankGlobal Ime bank
पोखरामा २९२ पथप्रदर्शक थपिए
म्याग्दीस्थित पुनहिलको दृश्य । फाइल तस्बिर : रासस ।
Dabur Nepal
NIC Asia

पोखरा । पोखरामा २९२ पथप्रदर्शक थपिएका छन् । ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) गण्डकी प्रदेशको आयोजना एवं नेपाल एकेडेमी अफ टुरिज्म एन्ड होटेल म्यानेजमेन्ट (नाथम)को प्राविधिक सहकार्यमा गरिएको ६ हप्ते तालिमबाट पथप्रदर्शक थपिएका हुन् ।

परीक्षा उत्तीर्ण गरी २९२ जनाले प्रमाणपत्र प्राप्त गरेको टान गण्डकीका अध्यक्ष धर्मराज पन्थीले जानकारी दिए । सन् १९९८ देखि टान गण्डकीले विभिन्न समयमा गरी करिब एक हजार ९०० जनालाई तालिम प्रदान गरिसकेको उनले बताए ।

पोखरा आसपासका क्षेत्रमा विश्वकै १० उत्कृष्टमध्येको अन्नपूर्ण चक्रीय पदमार्ग, अन्नपूर्ण आधारशिविर, मर्दी हिमाल, धवलागिरि चक्रीय पदमार्ग, सहस्राब्दी (मिलेनियम), पुनहिललगायतमा पछिल्लो समयमा पदयात्रा पर्यटनतर्फ आकर्षण बढेको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०९:३३
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro