site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले कोसीको मतदान आज, अध्यक्षमा ढकाल र खतिवडा भिड्दै
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले) कोसी प्रदेश कमिटीको नेतृत्व छान्न आज (आइतबार) मतदान हुँदै छ ।

नेतृत्व चयनका निम्ति बिहान ११ बजेदेखि मतदान सुरु गरिने कार्यतालिका छ ।

Prabhu Bank
Agni Group
NIC Asia

मोरङको विराटनगरमा जारी पार्टीको पहिलो कोसी अधिवेशनमा अध्यक्ष पदका निम्ति दुईजनाले उमेदवारी दर्ता गराएका छन् ।

निर्वाचन समितिका अनुसार अध्यक्ष पदमा विराटनगरकै विनोद ढकाल र लेटाङका घनश्याम खतिवडाले आ–आफ्नो मनोनयन दर्ता गराएका छन् ।

Global Ime bank

ढकाल पार्टीको मोरङ अध्यक्षका रूपमा दुई कार्यकाल काम गरेका नेता हुन् । खतिवडा प्रतिनिधिसभा सदस्यका रूपमा काम गरिसकेका पाका नेतामा पर्छन् ।

यो अधिवेशनबाट २१५ सदस्यीय प्रदेश कमिटी चयन गरिनेछ । एक अध्यक्ष, एक उपाध्यक्ष, एक सचिव र दुई उपसचिवसहितको पदाधिकारी र सदस्यहरू निर्वाचित हुनेछन् ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, असोज १४, २०८०  ०७:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय