राजनीति

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको जारी अधिवेशनमा आज मतदान हुँदै छ । नयाँ नेतृत्व चयनका लागि दिउँसो साढे १२ बजेदेखि मतदान गर्ने तयारी रहेको निर्वाचन मण्डलले जनाएको छ ।
प्रदेश अध्यक्षमा पाँचजनाको उमेदवारी परेको छ । गुलावजंग शाह, मिनबहादुर शाही, राजबहादुर शाही, प्रेमबहादुर सिंह र प्रकाश रोकायाले अध्यक्षमा उमेदवारी दर्ता गराएका छन् ।
उपाध्यक्षमा दानसिंह परियार, टेकराज पछाई र लालबहादुर महतराको उमेदवारी परेको छ ।
सर्वसम्मत नेतृत्व यचयनको प्रयास भए पनि सहमति नभएपछि निर्वाचनबाटै प्रदेश कमिटी चयन हुन लागेको हो ।
प्रकाशित मिति: शनिबार, असोज १३, २०८० ११:२७
प्रतिक्रिया दिनुहोस्