site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
बीबी एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि हुने

काठमाडौं । बीबी गोर्खाजको आयोजनामा हुने प्रथम बीबी एयरवेज भेट्रान फुटबल प्रतियोगिता असोज २० गतेदेखि सुरु हुने भएको छ ।

शुक्रबार आयोजक बीबी गोर्खाजले पत्रकार सम्मेलनमार्फत काठमाडौंको नैकापमा हुने प्रतियोगिता असोज २० गतेदेखि २४ गतेसम्म सञ्चालन हुने जनाए । 

प्रतियोगितामा २० टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिताको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । 

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडी, उत्कृष्ट गोलकिपर र उच्च गोलकर्ताले बीबी एयरवेजको काठमाडौं–मलेसिया टू वे टिकट पाउने आयोजकले बताए ।

बीबी एयरवेज हाल बन्द रहे पनि आगामी महिनामा सञ्चालनमा आउने र त्यसबाट नै प्रतियोगिताको विधागत उत्कृष्ट खेलाडीले एयरवेजको टू वे टिकट पाउने सुन्दर थापाक्षेत्रीले बताए ।

प्रतियोगिताका लागि कुल १३ लाख बजेट छुट्याएको क्षेत्रीले बताए । प्रतियोगितामा सहभागिताका लागि १० हजार रुपैयाँ इन्ट्री फि राखिएको छ ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १६:५५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro