site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
'प्रचण्ड र माधव कम्युनिस्टको बर्को ओढेर लुरुलुरु कांग्रेसको पछि हिँडेका छन्'
SkywellSkywell

विराटनगर । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव नेपाल कम्युनिस्टको बर्को ओढेर कांग्रेसको पछि लागेको टिप्पणी गरेका छन् । 

एमालेको कोसी प्रदेश अधिवेशन उद्घाटन कार्यक्रममा ओलीले एमालेभित्रका 'बिकाउ माल'हरू र कम्युनिस्टको खोल ओढेर बसेकाहरूले कम्युनिस्ट पार्टी फुटाएको आरोप लगाए ।

KFC Island Ad
NIC Asia

“बर्कोभित्र छुरा लुकाएकाहरू बसेकाहरू एमालेलाई आपत् परेको बेला मैदानमा उत्रिए र प्रहार गर्न थाले । प्रचण्ड र माधवले गरेको त्यही हो । एमालेले राम्रो काम गरेकोले नीति र नेतृत्वसँग आतंकित भएपछि अनि षड्यन्त्र सुरु भयो ।  कम्युनिस्ट बनेर कम्युनिस्ट सक्ने काम गरे । हामीले पार्टी जोगाउने प्रयास गर्‍यौँ,” ओलीले भने, “उनीहरूले हदैसम्म कम्युनिस्ट पार्टी फुटाउने र सरकार ढाल्नेसम्मको काम गरे । दक्षिणपन्थी सरकार बनाएर पाऊँ भनेर अदालतसमक्ष निवेदन हाले र नेकपा (एमाले) सरकारबाट हट्न बाध्य भयो । दुईदुईपटक पार्टी फुट्यो । मूलरूपमा अदालतले होइन प्रचण्ड र माधवहरूले फुटाएको हो । अहिले उनीहरू कम्युनिस्टको बर्को ओढेर कांग्रेसको पछि लुरुलुरु लागेका छन् ।” 

ओलीले कम्युनिस्ट आन्दोलन बिगार्ने नेपाल र प्रचण्डहरूले अहिले नेकपा ब्युँताउने भनेर हावादारी कुरा गरिरहेको बताए । ओलीले दुई तिहाइ पुगेको पार्टीलाई पटकपटक फुटाउनेहरू अहिले कार्यकर्ता अल्मल्याउने काममा सक्रिय भएको आरोप लगाए ।

Royal Enfield Island Ad

“धेरै साथीहरू बुझेर फर्किरहनुभएको छ, फाटोवादी अर्थात् माओवादी पार्टी र पुँजीवादी पार्टी हो, त्यो समाजवादी अरे त्यहाँबाट साथीहरू आउनुहुन्छ,” उनले भने ।

ओलीले एमालेले राम्रो काम गरेकै कारण विरोधीहरू आत्तिएको र सरकार कसरी ढल्यो भन्ने सबैलाई थाहा भएको सुनाए ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १५:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Nepatop (PlastNepal)Nepatop (PlastNepal)
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
कोप-२९ ले दिएको अवसर खेर नफाल 
कोप-२९ ले दिएको अवसर खेर नफाल 
SubisuSubisu
Hamro patroHamro patro