site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘चिकित्सक कुटेर खुलेआम हिँडिरहेकालाई पक्राउ गरे काममा फर्किन्छौँ’

काठमाडौं । आन्दोलनरत आवासीय चिकित्सकले चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नेहरुलाई  पक्राउ गरे तत्काल आनदोलन फिर्ता लिने बताएका छन् । शिक्षा तथा स्वास्थ्य समितिको आज बसेको बैठकमा राष्ट्रिय आवासीय चिकित्सक संघका प्रतिनिधिले यस्तो बताएका हुन् । 

“मणिपाल घटनामा संलग्न आक्रमणकारी अहिले पनि खुलेआम हिँडिरहेका छन्हा, मी कसरी ढुक्क भएर काम गर्न सक्छौँ ? दोषी पुष्टि भएकालाई गृह मन्त्रालयलले पक्राउ गरोस् हामी तत्काल सडक छोड्छौँ,” टिचिङ अस्पताल संघका अध्यक्ष सन्दीप उखेडाले भने ।

बैठकमा सांसद देवेन्द्र पौडेलले स्वास्थ्यकर्मीमाथि आक्रमणका घटनामा दोषी पुष्टि भएका व्यक्ति जुनसुकै पार्टीको कार्यकर्ता भए पनि पक्राउ गर्न गृह मन्त्रालयलाई आग्रह गरे । 

जवाफमा गृहसचिव दिनेश भट्टराईले घटनामा संलग्नलाई सरकारले ६ देखि ८ घण्टाभित्र कारबाहीको प्रक्रिया अघि बढाउने बताए । 
उनले ऐनअनुसार गृह मन्त्रालय अघि बढिरहेकाले चिकित्सकलाई आन्दोलनबाट फिर्ता भएर नियमित सेवामा फर्किन आग्रह गरे ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १३:१४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro