site stats
बाह्रखरी :: Baahrakhari
खेल
Sarbottam CementSarbottam Cement
KNP NerolacKNP Nerolac
इयान एन्ड्रयु गिलान ललितपुर सिटी एफसीको मुख्य प्रशिक्षक
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) को दोस्रो संस्करणका लागि ललितपुर सिटी एफसीले अस्ट्रेलियाका इयान एन्ड्रयु गिलानलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

ललितपुरले शुक्रबार सामाजिक सञ्जालमार्फत गिलानलाई मुख्य प्रशिक्षकको जिम्मेवारी सुम्पिएको जनाएको हो । उनले यसअघि सन् २०२१ देखि इन्डोनेसियाको पिसीस मेमाराङको मुख्य प्रशिक्षक र टेक्निकल डाइरेक्टरको भूमिकामा काम गरेका थिए ।

Agni Group

गिलानसँग अस्ट्रेलिया, स्कटल्यान्ड, मलेसिया, फिलिफिन्स र इन्डोनेसियामा काम गरेको अनुभव छ । ललितपुरले यसअघि बिहीबार नेपाली राष्ट्रिय टिमका रक्षक अनन्त तामाङलाई मार्की खेलाडीको रूपमा सार्वजनिक गरेको थियो ।

एनएसएलको दोस्रो संस्करण मंसिर ८ गतेबाट काठमाडौंको दशरथ रंगशालामा आयोजना हुँदै छ । प्रतियोगिताको दोस्रो संस्करणका लागि अक्सन आगामी शनिबार हायात होटेलमा सञ्चालन हुँदै छ ।

Global Ime bank

एनएसएसलको दोस्रो संस्करणमा कुल ९ टिमले प्रतिस्पर्धा गर्दै छन् । यसअघि १० टिमले खेल्ने तय भए पनि अन्तिम समयमा विराटनगर सिटी एफसीले नखेल्ने भएको हो ।

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज १२, २०८०  १२:३१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
Citymoney expressCitymoney express
CG DetailCG Detail
Yeti AirlinesYeti Airlines
Maruti cementMaruti cement
सम्पादकीय
प्रहरी समायोजनमा आनाकानी नगर
प्रहरी समायोजनमा आनाकानी नगर
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu