राजनीति
काठमाडौं । नेकपा (एमाले) कर्णाली प्रदेश अधिवेशनको बन्दसत्र अझै सुरु हुन सकेको छैन ।
सुर्खेतको सिटी हलमा बिहान ८ बजेबाट बन्द सत्र सुरु गर्ने तयारी थियो । तर, आन्तरिक तयारीका कारण समय ढिलो भएको उपाध्यक्ष लालबहादुर महतराले जानकारी दिए ।
सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिएर महासचिव शंकर पोखरेल काठमाडौं फर्किएका छन् ।
बन्दसत्र केही बेरमा सुरु गर्ने तयारी गरिएको महतराले जानकारी दिए ।
कर्णाली प्रदेशको अध्यक्षका लागि पोलिट्ब्यूरो सदस्य गुलाबजंग शाह, प्रदेश कमिटी उपाध्यक्ष लालबहादुर महतरा, नेताहरू मीनबहादुर शाही र राजबहादुर शाही आकांक्षी देखिएका छन् ।
कर्णालीमा १३५ सदस्यीय कमिटी निर्वाचित हुनेछ । अधिवेशनमा ६०४ प्रतिनिधि छन् ।
प्रकाशित मिति: बिहीबार, असोज ११, २०८० १७:०६
प्रतिक्रिया दिनुहोस्