राजनीति

काठमाडौं । जवाफदेहीताको माग राखेर नौ दिनदेखि आन्दोलनमा रहेका सामाजिक अभियन्ता ईः सँग काठमाडौं महानगरपालिकाले सहमति जुटाएको छ ।
सहमतिपछि नौ दिनदेखि उभिएर आन्दोलन जारी राखेका ईः ले आफ्नो आन्दोलनका कार्यक्रम स्थगित गरेका छन् ।
सहमतिअनुसार कानुनले निषेध गरेका स्थानबाहेक अन्यत्रका उपयुक्त स्थलहरु पहिचान गरेर फुटपाथ र सार्वजनिक स्थलमा व्यापार व्यवसाय गर्न महानगरले एक हप्ताभित्र पहल गर्ने छ ।
काठमाडौं महानगरपालिकाको तर्फबाट चिनीकाजी महर्जन र धिरज जोशी तथा अभियानकर्ताको तर्फबाट ईः ले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: बुधबार, असोज १०, २०८० २१:२६
प्रतिक्रिया दिनुहोस्