site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
धर्नामा रहेका ‘ईः’को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न आयोगको आग्रह

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले धर्नामा रहेका ‘ईः’ को स्वास्थ्य अवस्थाप्रति संवेदनशील बन्न सम्बन्धित निकायलाई आग्रह गरेको छ । 

आयोगले बुधबार विज्ञप्ति जारी गर्दै वार्ताको माध्यमबाट यथाशीघ्र समस्याको समाधान गर्न पनि भनेको छ । 

“धर्नामा रहेका व्यक्ति ईःको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भइ निजको जीवन रक्षाका लागि पहल गर्न, वास्तविक पीडित र साना सडक व्यवसायीहरूको पहिचान गरी उनीहरूलाई पेसा र रोजगारीको वैकल्पिक व्यवस्था गर्न आयोग नेपाल सरकार र काठमाडौं महानगरपालिको ध्यानाकर्षण गराउँदछ,” आयोगले विज्ञप्तिमा भनेको छ । 

Dabur Nepal
NIC Asia

आयोगले ईःलाई आफ्नो स्वास्थ्य र जीवन नै जोखिममा पारी कठिन प्रदर्शन नगर्न र प्रदर्शनका अन्य विकल्प खोज्न पनि आग्रह गरेको छ । 

साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्न माग गर्दै विगत आठ दिनदेखि काठमाडौं महानगरपालिकाको कार्यालय, राष्ट्रिय सभागृह अगाडि उभिएर धर्नामा रहेका ईःको स्वास्थ्य अवस्थाप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ ।

यस सम्बन्धमा आयोगका सदस्य लिली थापा नेतृत्वको उच्चस्तरीय टोलीले मंगलबार स्थलगत अनुगमन गरेको थियो ।

अनुगमनको क्रममा आयोगको टोलीले धर्नाको नेतृत्व गरिरहेका ईः र उनका साथीहरू एवम् धर्नास्थल वरपरका व्यापारीहरूसँग छलफल गरी जानकारी लिएको थियो । 

“रातिको १२ बजेदेखि ५ बजेसम्म कुर्चीमा बस्ने र बाँकी समय लौरो टेकेर उभिने गरेको, विगत आठ दिनदेखि उभिएर धर्ना गरिरहेका ईःको दुवै खुट्टा अस्वभाविक रूपमा सुन्निएको, नाक र घाँटीको छाला खुइलिएको तथा रातो डाम परेको, सुन्निएको कम गर्नका लागि चिकित्सकको सल्लाहबमोजिम असोज ८ गतेदेखि औषधि सेवन गरिरहेको लगायतका जानकारीहरू अनुगमनबाट पाइएको छ,” विज्ञप्तिमा उल्लेख छ । 

महानगरपालिकाले यस विषयलाई संवेदनशील रूपमा नलिएको गुनासो प्रदर्शनकारीले गरेको समेत आयोगले बताएको छ । आयोगले महानगरका अधिकारीहरूसँग छलफल गरी समस्या समाधानको लागि पहल गरिरहेको समेत जनाइएको छ ।

“ईःले उठाएको साना सडक व्यवसायीलाई विकल्पसहित व्यवस्थापन गर्नुपर्ने माग मानव अधिकार उपभोगसँग प्रत्यक्ष सरोकार राख्ने विषय हो,” आयोगले भनेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १६:०७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro