site stats
बाह्रखरी :: Baahrakhari
साहित्य
Nabil BankNabil Bank
साहित्यकला मन्दिरद्वारा विभिन्न सम्मानको घोषणा
Sarbottam CementSarbottam Cement

काठमाडौं । लूनकरणदास गंगादेवी चौधरी साहित्यकला मन्दिरले स्रष्टा सम्मानको क्रमलाई निरन्तरता दिँदै विभिन्न व्यक्तित्वलाई सम्मानित गर्ने निर्णय गर्दै घोषणा गरेको छ । 

साहित्यकला मन्दिरका महासचिव रमण घिमिरेद्वारा जारी विज्ञप्तिअनुसार ‘इतिहास शिरोमणि बाबुराम आचार्य शोध सम्मान’ तन्त्र विज्ञानका विद्वान् प्रा. विद्यानाथ उपाध्याय भट्टलाई प्रदान गर्ने निर्णय गरिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

त्यस्तै, ‘सरस्वती सम्मान’ प्रसिद्ध कवि तथा नेपाल प्रज्ञा–प्रतिष्ठानका पूर्वउपकुलपति डा. विष्णुविभु घिमिरे तथा व्यङ्यकार लक्ष्मण नेवटियालाई संयुक्त रूपमा प्रदान गरिने निर्णय गरिएको छ । 

साहित्यकला मन्दिरले नारायण गोपाल संगीत सम्मान संगीतकार एवम् लोकगायिका झुमा लिम्बूलाई प्रदान गर्ने निर्णय गरेको छ । 

Global Ime bank

साहित्यकला मन्दिरका अध्यक्ष मेघा चौधरीको अध्यक्षतामा मंगलबार बसेको बैठकले उक्त निर्णय गरेको विज्ञप्तिमा जनाइएको छ । 

 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज १०, २०८०  १४:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement