site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
प्रधानमन्त्री कप क्रिकेटमा १० टिम, फाइनल तीन दिवसीय ढाँचामा हुने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले यसपटकको प्रधानमन्त्री कप क्रिकेटमा १०  टोलीको सहभागिता हुने बताएको छ ।

क्यानको आज बसेको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री कपमा १० टोली सहभागी गराउने निर्याण् गरेको हो । सात प्रदेशको सात टोली र तीन विभागीय टोली गरी १० टोलीले प्रतियोगितामा भाग लिने भएका हुन् ।

क्यानका सचिव पारस खड्काद्वारा जारी विज्ञप्तिमा प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिता यस वर्ष सात प्रदेश र तीन विभागीय टिम गरी १० टिमबीच राउन्ड रोविन लिगको आधारमा सञ्चालन गर्ने उल्लेख छ ।

प्रधानमन्त्री कपको सेमिफाइनलका खेल दुई दिवसीय लिग ढाँचामा खेलाइने छ । फाइनल खेल तीन दिवसीय ढाँचामा सञ्चालन गर्ने निर्णय भएको विज्ञप्तिमा उल्लेख छ ।

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  २०:२५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro