site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त छ : कार्यवाहक प्रधानमन्त्री खड्का
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्काले विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको बताएका छन् ।

मंगलबार काठमाडौंमा दिव्य शताब्दी पुरुष डा. गौरीशंकर लाल दास जन्मशताब्दी वर्ष २०८० अभिनन्दन समारोहलाई सम्बोधन गर्दै खड्काले राष्ट्रको विविधतालाई स्वीकार गर्दै मुलुकमा छरिएर रहेका विभिन्न जातजाति, भाषाभाषी, वर्ग, क्षेत्र, लिङ्ग र समुदायको आर्थिक, सामजिक र सांस्कृतिक उन्नयनको लागि सरकार दत्तचित्त रहेको बताए ।

Agni Group

लोककल्याणकारी कार्यमार्फत देश, जनता र समाजको हितका लागि अमूल्य, अतुलनीय र अविष्मरणीय योगदान दिएका विशिष्ट व्यक्तिहरुलाई सरकारले सदैव सम्मान गर्ने उनले बताए । 

देश, जनता र समाजको सर्वाङ्गीण विकासका लागि योगदान पुर्‍याउने अग्रणी व्यक्तित्वहरुलाई सम्मान गर्न सरकार सदैव तत्पर रहेको उनले बताए । डा. गौरीशंकर लाल दासलाई सरकार आवश्यक सेवा सुविधा दिने गरी सरकारले छिटै आवश्यक निर्णय गर्ने उनले जानकारी दिए ।

Global Ime bank

नेपालको चिकित्सा सेवा, नेपाल रेडक्रस सोसाइटी, मानवअधिकार, समाजसेवा, व्यावस्थापन, प्रशासन र सुशासनको क्षेत्रमा मुलुकलाई अतुलनीय योगदान पुर्‍याएको जनाउँदै डा. गौरीशंकर लाल दासलाई नागरिकस्तरबाट अभिनन्दन गरिएको हो ।

सोही अवसरमा डा. दासले विभिन्न कालखण्डमा लेखेका लेख रचनाको संगालो पुस्तक पनि विमोचन गरिएको थियो । वरिष्ठ छातीरोग विशेषज्ञ डा. दास हाल १०० वर्षको उमेरमा पनि सामाजिक अभियानको क्षेत्रमा सक्रिय रहेका छन् ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १८:४४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu