site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
...अनि विमानस्थल पुगेपछि थाहा भयो– ‘अस्ट्रेलियाको वर्किङ भिसा’ त नक्कली रहेछ

काठमाडौं । प्रहरीले अस्ट्रेलिया पठाउने आश्वासन दिएर रकम ठगी गरेको आरोपमा एकजना कन्सलटेन्सी सञ्चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा अर्घाखाँची भूमिकास्थान नगरपालिका–८ का ४५ वर्षीय विष्णु केसी रहेका छन् ।

उनी भक्तपुरको सूर्यविनायक नगरपालिका–९ सृजनानगरमा बस्दै आएका थिए । उनी काठमाडौंको शंखमूलस्थित फ्लाइङ ट्याप एजुकेसन एन्ड इमिग्रेसन कन्सल्टेन्टका सञ्चालक हुन्  ।

Dabur Nepal
NIC Asia

प्रहरीका अनुसार केसीले पवनराज दाहाललाई वैदेशिक रोजगारीका लागि वर्किङ भिसामा १६ लाख रुपैयाँ लागतमा अस्ट्रेलिया पठाउने आश्वासन दिएका थिए । मासिक दुई लाखभन्दा बढी कमाइ हुने आश्वासन दिएर उनले पटकपटक गरी १७ लाख ७९ हजार रुपैयाँ लिएर ‘अस्ट्रेलियाको भिसा’ पनि दिएका थिए ।

तर, रोजगारीका लागि दाहाल अस्ट्रेलिया जान विमानस्थलमा पुगेपछि अध्यागमन कार्यालयले नक्कली भिसा भनेर फर्काइदिएको थियो । त्यसपछि दाहालले आफू ठगिएको थाहा पाएका थिए । त्यसपछि उनले केसीलाई फोन गरे । तर, उनी फोन नउठाएर सम्पर्क विीन भको प्रहरीले जनाएको छ ।

उजुरी परेपछि खटिएको टोलीले सोमबार लाजिमपाटबाट पक्राउ गरेको हो ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १७:४२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro