site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
एमाले वाग्मतीको नजरमा कांग्रेस : सत्तामा हुँदा अधिनायकवादी, सत्ताबाहिर अस्थिरताको कारक
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशले नेपाली कांग्रेसलाई सत्तामा हुँदा अधिनायकवादी, सत्ताबाहिर अस्थिरताको कारक भनेको छ । पहिलो प्रदेश अधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीति तथा सांगठनिक प्रतिवेदनमा एमालेले कांग्रेसबारे यस्तो उल्लेख गरेको हो ।

कांग्रेस पुँजीपति वर्गको प्रतिनिधित्व गर्ने मूलतः ‘वर्ग चरित्र दल पूँजीवादी’ पार्टी भएको प्रतिवेदनमा उल्लेख छ । कांग्रेस राष्ट्रियताको सवालमा ढुलमुले र बाह्य शक्तिसँग साँठगाँठ गरी संसयकारी भूमिका निर्वाह गर्ने दल भएको उल्लेख छ ।

“आर्थिक सोच वित्तीय एकाधिकारी नवउद्धारवादी चिन्तनको पक्षपोषण गर्दछ । सङ्कीर्ण वर्ग चरित्रको कारण सम्झौता परस्त, राष्ट्रियताको सवालमा ढुलमुले र बाह्य शक्तिसँग साँठगाँठ गरी संसयकारी भूमिका निर्वाह गर्ने गर्दछ,” प्रतिवेदनमा लेखिएको छ, “कम्युनिष्टसँग नकारात्मक भाव राख्ने, सत्तामा पुग्दा सर्वसत्तावादी सोच राख्दछ । जनताको सामाजिक, सांस्कृतिक अधिकारप्रति अनुदार, ठुला पूँजीपती वर्गको रक्षक ।”

कांग्रेस मुलुकमा द्वन्द्वको विजारोपण भएको भन्दै एमालेले प्रतिवेदनमा कांग्रेस सत्तामा हुँदा अधिनायकवादी र सत्ताबाहिर अस्थिरताको कारक बन्ने गरेको लेखेको छ ।

प्रतिवेदनमा लेखिएको छ, “वि.सं. २०४६ को आर्थिक उदारवादको नीति लिएका कारण अहिले नेपालमा आर्थिक विषमता, सार्वजनिक क्षेत्रमा राज्यको लगानी कटौती, किसानहरूलाई सिमान्तीकरण, मुलुकमा द्वन्द्वको विजारोपण, सत्तामा हुँदा अधिनायकवादी र सत्ताबाहिर अस्थिरताको कारक बन्दछ । नेकपा (एमाले)प्रति सदैव द्वेष र वैरभाव राख्ने नेपाली कांग्रेसको कारण पटकपटक प्राप्त प्रजातन्त्र समेत गुमेको छ ।”

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १६:५२
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro