site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
एमाले वाग्मतीको नजरमा रास्वपा : ‘न मास न क्याडर्स पार्टी’
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले) वाग्मती प्रदेशले राष्ट्रिय स्वतन्त्र पार्टीलाई ‘न मास न क्याडर्स पाटी’ भनेको छ । पहिलो प्रदेश अधिवेशनको बन्दसत्रमा प्रस्तुत राजनीति तथा सांगठनिक प्रतिवेदनमा रास्वपाबारे यस्तो उल्लेख भएको हो ।

“राष्ट्रिय स्वतन्त्र पार्टी राजनीतिक र वैचारिक दृष्टिकोण विहीन, द्विविधाग्रस्त सांगठनिक चिन्तन (न मास पार्टी न क्याडर्स पार्टी), अर्थ राजनीतिक दृष्टिकोणमा अस्पष्ट हुँदाहुँदै उदारवादी पूँजीवादलाई आर्थिक नीतिको रूपमा स्वीकार गर्ने,” प्रतिवेदनमा उल्लेख छ ।

Agni Group

रास्वपा तत्कालीन लाभको लागि उत्तेजक कार्ड फ्याक्ने पार्टी भएको उसको निष्कर्ष छ । मूलधारको पार्टीका विरूद्धमा गलत अभियान चलाउने, जनमतलाई स्थापित पार्टीको विरूद्ध भड्काएर आफूतिर आकर्षण गर्न प्रयत्न गर्ने पनि प्रतिवेदनमा उल्लेख छ ।

“राष्ट्रियता र परराष्ट्र नीतिमा अस्पष्टता, तत्कालीन लाभको लागि उत्तेजक कार्ड फ्याक्ने, स्थापित मूलधारको पार्टी र तिनीहरूको विरूद्धमा गलत अभियान चलाउने, जनमतलाई स्थापित पार्टीको विरूद्ध भड्काएर आफूतिर आकर्षण गर्न प्रयत्न गर्ने,” प्रतिवेदनमा भनिएको छ, “असम्भव विषयमा राजनीतिक जनमत बनाउन र समस्याको उठानमा सफल तर समाधानको विकल्प दिन नसक्ने शक्तिको रूपमा राष्ट्रिय स्वतन्त्र पार्टी देखापरेको छ ।”

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १५:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu