site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
केपी ओली भन्छन्– महानगरबाट गरिब होइन गरिबी लखेटौँ
Tiktok banner adTiktok banner ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिका अगाडि आठ दिनदेखि उभिइरहेका ईःको मागप्रति समर्थन जनाउँदै महानगरबाट गरिब होइन गरिबी हटाउनुपर्ने बताएका छन् ।

उनले सामाजिक सञ्जालमार्फत् यस्तो बताएका हुन् । उनले फुटपाथ हिँड्नका लागि भएको स्वीकार गर्दै त्यहीँ रोजीरोटीका लागि गुजारा गर्न व्यापार गरिरहेका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने अर्को महत्त्वपूर्ण काम भएको बताएका छन् ।

उनले एकजना युवाको माग अर्को युवाले समाधान गर्नका लागि छलफल गर्न पनि सुझाव दिएका छन् ।

यस्तो छ उनले सामाजिक सञ्जालमा व्यक्त धारणा–

हो, फुटपाथ हिँड्नकै लागि हो। पैदल यात्री सहज रूपमा हिँडुन् भनेर नै फुटपाथ बनाइएको हो। यसमा कसैको दुईमत छैनहोला, मेरो पनि छैन। कुरा परम्परादेखि फुटपाथमा रोजिरोटीका लागि गुजरा  व्यापार गरिरहनु भएका मानिसहरुको व्यवस्थापन कसरी गर्ने भन्ने मात्रै हो।  फुटपाथ (सडक) व्यापार हाम्रो परम्परागत नेवारी व्यापार संस्कृतिको अंश पनि हो। असन, इन्द्रचोक, भोटाहिटीतिर ५० औं वर्ष अघिदेखि यस्तो चलेको हामीले देखेका थियौं । पुराना किताब, इतिहास र कथाहरूमा असन, इन्द्रचोकको व्यापारका विषयमा पढ्न पनि पाइन्छ । हो, अहिले परम्परागत रुपमा चल्दै आएको कुरालाइ एक्कासी परिवर्तन गर्न खोज्दा केही खल्बली हुनु स्वभाविक र वैज्ञानिक (Theory of Inertia) पनि हो । उपमेयरले भेट्नु भएको भन्ने सुनें। यो वार्ताबाट समाधान खोज्ने संकेत हुन सक्छ । दुबै युवा हुनुहुन्छ, छलफल गर्नुहोस्, समाधन निकाल्नुहोस् । हामीले महनगरबाट गरिबी लखेट्नु पर्छ, गरिब होइन । समाधानको उपाय के हुन सक्छ, तपाईहरुको विचार पनि राख्नुस् है ! धन्यवाद !

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, असोज ९, २०८०  १३:४०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro