विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सोमबार मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरेका छन् ।
मुख्यमन्त्रीको सचिवालयले जनाएअनुसार अपरान्ह्र नवनियुक्त मन्त्रीहरूको शपथ कार्यक्रम आयोजना गरिएको छ ।
मन्त्रिपरिषद्मा मोरङका प्रदेशसभा सदस्य लिलाबल्लभ अधिकारी, सोलुखुम्बुका बुद्धिकुमार राजभण्डारी, सुनसरीका रामप्रसाद मेहता र धनकुटाका निरन राईलाई मन्त्री बनाउने तयारी छ ।
अधिकारी भीम आचार्य मुख्यमन्त्री हुँदा आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री थिए । बुद्धिकुमार राजभण्डारी यसअघि कार्कीकै नेतृत्व सरकारमा सामाजिक विकासमन्त्री थिए ।
यसैगरी एमाले कोसी प्रदेश सचेतकमा सांसद कमला दर्नाल चयन भएकी छन् । एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले दर्नाल सचेतकमा नियुक्त भएको जानकारी दिए ।