site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली राजपत्रमा : गैरआवासीयलाई पनि नागरिकता

काठमाडौं । नेपाल नागरिकता (तेस्रो संशोधन) नियमावली, २०८० नेपाल राजपत्रमा प्रकाशित भएपछि गैरआवासीय नेपालीलाई पनि नागरिकताको प्रमाणपत्र वितरण गरिने भएको छ ।

नियमावली असोज ४ गते नेपाल राजपत्रमा प्रकाशित भएपछि यो व्यवस्था कार्यान्वयनमा आएको सोमबार महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफल कार्यक्रममा गृह मन्त्रालयका नागरिकता तथा परिचयपत्र व्यवस्थापन शाखा प्रमुख कृष्णबहादुर कटुवालले जानकारी दिए ।

Dabur Nepal
NIC Asia

नागरिकतामा ‘नेपाली नागरिकताको प्रमाणपत्र’ भनी लेख्ने गरिएकामा गैरआवासीय नेपालीलाई दिइने नागरिकतामा भने ‘गैरआवासीय नेपाली नागरिकताको प्रमाणपत्र’ भनी उल्लेख हुने व्यवस्था गरिएको छ । यस्तो नागरिकता लिनेलाई राजनीतिक अधिकार नहुने उनले स्पष्ट पारे ।

नियमावलीमा उल्लेख भएअनुसार गैरआवासीय नेपाली नागरिकता लिनेलाई सामाजिक, सांस्कृतिक र आर्थिक अधिकार भने हुनेछ । उनीहरूका लागि शपथको पनि व्यवस्था गरिएको शाखा प्रमुख कटुवालले जानकारी गराए ।

बाबु वा परिवारले नागरिकताका लागि सनाखत गर्न नमानेमा जनप्रतिनिधिले सनाखत गरेका आधारमा पनि १६ वर्ष उमेर पुगेकालाई नागरिकता दिन सकिने व्यवस्था नियमावलीमा गरिएको छ ।

सरकारी मान्यताप्राप्त अनाथालायमा हुर्किएका बालबालिकालाई स्थानीय सरकारको सिफारिसका आधारमा नागरिकता दिन सकिने भएको छ । जन्मदा एउटा लिंग भएर नागरिकता लिइसकेकाले लिंग परिवर्तन गरी नागरिकतामा सच्याउन चाहेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रमाणपत्रका आधारमा मन्त्रिपरिषद्ले निर्णय गरी नागरिकता दिन सकिने व्यवस्था पनि नियमावलीमा गरिएको छ । रासस

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १२:१७
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro