site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
सुनचाँदीको मूल्य स्थिर

काठमाडौं । नेपाली बजारमा सोमबार सुनचाँदीको मूल्य स्थिर छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन तोलाको एक लाख १२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । छापावाल सुन आइतबार पनि यही मूल्यमा कारोबार भएको थियो ।

आज तेजाबी सुन तोलाको एक लाख ११ हजार ६५० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदी तोलाको एक हजार ४३० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १०:५१
प्रतिक्रिया दिनुहोस्