site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
‘मड्रिड डर्बी’मा मोराटाको दुई गोलप्रेरित एट्लेटिकोले रियाललाई हरायो

काठमाडौं । अल्भारो मोराटाको दुई गोलप्रेरित एट्लेटिको मड्रिडले स्पेनिस ला लिगामा रियाल मड्रिडविरुद्ध ३–१ को जित निकालेको छ । हारसँगै ला लिगामा रियालको शतप्रतिशत जितयात्रामा पूर्णविराम लागेको छ ।

रियालका पूर्वखेलाडी समेत रहेका मोराटाले चौथो मिनेटमा गोल गरेपछि घरेलु मैदानमा एट्लेटिको मड्रिडले अग्रता बनाएको थियो । १८औँ मिनेटमा एन्टोइन ग्रिजमले गोल गर्दै एट्लेटिकोको अग्रता दोब्बर पारेका थिए ।

३५औँ मिनेटमा टोनी क्रुसले गोल गर्दै खेलमा फर्कने रियालको आसलाई कायम राखेका थिए । तर, दोस्रो हाफको पहिलो मिनेटमै मोराटाकै गोलमा एट्लेटिकोले अग्रतालाई ३–१ मा पुर्‍याएको थियो । यसपछि थप गोल हुन नसक्दा रियालले जारी सिजनको पहिलो हार व्यहोर्‍यो ।

जितसँगै पाँच खेलबाट १० अंक जोडेको एट्लेटिको मड्रिड तालिकाकोे चौथो स्थानमा उक्लिएको छ । ६ खेलबाट १५ अंकको रियाल तेस्रो स्थानमा छ । रियाल शीर्ष स्थानको बार्सिलोनाभन्दा एक अंकले पछाडि छ ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, असोज ८, २०८०  १०:०५
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro