site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
क्यान निर्वाचन : मतगणना सुरु

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)को चुनावी साधारणसभामा मतगणना सुरु भएको छ । शनिबार काठमाडौंको बानेश्वरस्थित एभरेष्ट होटलमा जारी निर्वाचनको मतदान समाप्त भएको केहीबेरपछि मत गन्न सुरु गरिएको हो ।

क्यानको केन्द्रीय निर्वाचनमा कुल ८५ मत थियो । शतप्रतिशत मत खसेको क्यानले जनाएको छ । कुल मत ८६ भए पनि शुक्रबारको साधारणसभाले प्रतिनिधि विवादका कारण झापा जिल्लाको मताधिकार खोसेको थियो ।

क्यानको अध्यक्ष, उपाध्यक्ष, कोषाध्यक्ष, महिला सदस्य र अन्य दुई प्रदेश सदस्य निर्विरोध चयन भए पनि सचिवसँगै अन्य ११ सदस्य पदका लागि मतदान हुन लागेको हो ।

सचिवमा पारस खड्का र प्रशान्त विक्रम मल्लको भिडन्त हुँदै छ । निर्वाचनका लागि १७ पदमा ३१ उम्मेदवारी दर्ता भएको छ ।

नयाँ कार्यसमितिको अध्यक्षमा चतुरबहादुर चन्द, उपाध्यक्षमा रोशनकुमार सिंह, कोषाध्यक्षमा पदमबहादुर खड्का, महिला सदस्यमा जयन्तीदेवी भट्ट, कर्णालीमा श्रीधर केसी र लुम्बिनी प्रदेशमा प्रदीप मजगैया निर्विरोध भएका थिए ।

Can-Matgadana12-1695463544.jpg

Can-Matgadana1-1695463544.jpg

NIBLNIBL
प्रकाशित मिति: शनिबार, असोज ६, २०८०  १५:५१
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Hamro patroHamro patro