site stats
बाह्रखरी :: Baahrakhari
कला
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश
चलचित्र ‘प्रकाश’का निर्देशक दिनेश राउत ।

काठमाडौं । उच्च अदालत पाटनले राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगर्ने चलचित्र विकास बोर्डविरुद्ध कारण देखाउ आदेश दिएको छ ।

राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा सर्वोत्कृष्ट चलचित्रको घोषणा नगरिएको भन्दै चलचित्र ‘प्रकाश’का निर्देशक, लेखकसहितले बिहीबार उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।

उक्त रिटमाथि सुनुवाइ गर्दै शुक्रबार न्यायाधीश श्यामजी श्रेष्ठको इजलासले सर्वोत्कृष्ट चलचित्र घोषणा नगर्नुको कारण देखाउन बोर्डका नाममा आदेश जारी गरेको हो ।

बोर्डलाई विपक्षी बनाउँदै चलचित्र ‘प्रकाश’का निर्देशक दिनेश राउत, लेखक विकास सुवेदी र चलचित्र छायांकनस्थल जुम्लाका स्थानीय मीनराज आचार्यले रिट दायर गरेका थिए । उनीहरूले रिटमा जुरीको निर्णयको सक्कल प्रति झिकाउन र कारण देखाउन परमादेशको माग गरेका थिए ।

राष्ट्रिय चलचित्र पुरस्कार–२०८० मा बोर्डले सर्वोत्कृष्ट विधा खाली राखेर अवार्ड वितरण गरेको थियो । एक जुरी सदस्यले आफूहरूले सर्वोत्कृष्ट विधाका ‘प्रकाश’लाई सिफारिस गरेको तर बोर्ड नेतृत्वले नमानेको बताएका थिए ।

machhapuchchhre Bank banner admachhapuchchhre Bank banner ad
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १६:५९
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro