देश
काठमाडौं । सुन तस्करी प्रकरणबारे उच्चस्तरीय आयोग बनाउने विषयमा दलहरूबीच छलफल हुने भएको छ ।
एमालेका सचेतक महेश बर्तौलका अनुसार गृह मन्त्रालयमा छलफल हुन लागेको हो ।
“अहिले ४ बजे गृह मन्त्रालयमा आयोग निर्माणबारे भनेर बैठक बोलाएको जानकारी गराउँदछु । हामी जादै छौँ,” उनले भने ।
सीआईबीको छानबिनपछि आयोग गठन गर्ने गरी दलहरूबीच सहमति भएको थियो ।
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८० १६:३१
प्रतिक्रिया दिनुहोस्