site stats
बाह्रखरी :: Baahrakhari
कला
Nabil BankNabil Bank
उषा रजकले अनुप बराललाई लगाइन् नेपोटिजमको आरोप
Sarbottam CementSarbottam Cement

काठमाडौं । अभिनेत्री उषा रजकले अभिनेता अनुप बराललाई नेपोटिजमको आरोप लगाएकी छन् । एक्टर्स स्टुडियोका सञ्चालकसमेत रहेका अनुपले सम्बन्धका आधारमा कास्टिङ गर्ने गरेको उषाको आरोप छ । 

“एक्टर स्टुडियोको पहिलो ब्याचको विद्यार्थी हुँ म । १७ वर्ष अघि अनुप बराल सरले जसरी त्यो संस्थाबाट हुने राम्रो रोल र स्क्रिप्ट आएमा सबै मुख्य पात्रमा दीया मास्केलाई मात्र अनुबन्धित गराउनु हुन्थ्यो,” सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, “अहिले पनि त्यही कुरीति कायमै छ । गुरुबाट यो अपेक्षा गरिँदैन, कमसेकम मैले जानेको गुरुको परिभाषा यस्तो छैन ।”

Prabhu Bank
Agni Group
NIC Asia

चलचित्र ‘कागबेनी’मा आफू छनोट भएको तर अनुप बरालकै कारण दीया मास्केलाई अवसर दिएको उनले आरोप लगाएकी छन् । उक्त चलचित्रको निर्माण टिमका सदस्यबाटै आफूले यो जानकारी पाएको उनले बताएकी छन् । 

थाहा पाएपछि आफूले यसबारे भने पनि अनुपले जवाफ नदिएको उषाले उल्लेख गरेकी छन् । “त्यो बेला अलि दिनमा आँट बटुलेर अनुप सरलाई के भा’को सर यस्तो भन्दा कता कता कुरा मोडेर डिनर जाने कुरा प्रस्ताव गर्नु भएको याद छ । १९ वर्षकी सायद मैले बुझिनँ अथवा बुझ पचाएँ र खुरुक्क गएर चुपचाप क्लासमा बसेँ,” उनी लेख्छिन्, “१७ वर्षसम्म यो कुरामा पब्लिकमा बोलिनँ हो म अलिकति त काँतर नै हो ।” 

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: शुक्रबार, असोज ५, २०८०  १५:०१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement