site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित

काठमाडौं । साफ यू–१९ च्याम्पियनसिपकोमा घरेलु टिम नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग १–० ले पराजित भएको छ ।  

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा निरन्तर पाकिस्तानको आक्रमण झेलेको नेपाल दोस्रो हाफमा गोल बेहोरेको थियो । 

पाकिस्तानको जितमा अलि जफरले ७६औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो । जफरले करिब ३० यार्ड परबाट गरेको लामो प्रहारले सोझै जाली चुम्दा नेपाली गोलकिपर जियारथ सेखले प्रतिक्रियाको मौकासमेत पाएनन् । 

त्यसअघि पनि नेपालले पाकिस्तानबाट निरन्तर दबाब खेपेको थियो । 

२६औँ मिनेटमा पाकिस्तानका साह जहनले गरेको प्रहार गोलकिपर जियारथले बचाएका थिए । ३३औँ मिनेटमा ६ यार्ड बक्सबाट मुहम्मद अदिल युनसले गरेको प्रहारमा जियारथले उत्कृष्ट बचाउ गरेपछि नेपालले खतरा टारेको थियो । 

३४औँ मिनेटमा पाकिस्तानका मुहम्मद अदिल युनसले 'वान भर्सेस वान' अवसर गुमाएपछि पाकिस्तानले अग्रताको सुनौलो अवसर गुमाएको थियो ।  

४०औँ मिनेटमा साह जहनको प्रहारमा पुनः जियारथ बाधक बनेका थिए । 

जितसँगै पाकिस्तानले समूह 'ए' मा तीन अंक जोडेको छ । पहिलो खेलमा हार बेहोरेको नेपालले अब शनिबार दोस्रो खेलमा माल्दिभ्ससँग खेल्ने छ ।

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १९:३०
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
MPG Admark South Asian UniversityMPG Admark South Asian University
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
Hamro patroHamro patro