site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
उद्योग समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्दै
KNP NerolacKNP Nerolac
Ghorahi CementGhorahi Cement

काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले असोज १० गतेदेखि चाडपर्व लक्षित बजार अनुगमन गर्ने भएको छ ।

बिहीबार सिंहदरबारमा बसेको समिति बैठकले ६ वटा संसदीय अनुगमन उपसमिति बनाएर बजार अनुगमन गर्न लागेको हो । 

Agni Group

समिति बैठकमा बोल्दै समिति सभापति अब्दुल खानले संसदीय अनुगमन उपसमिति बनाएर धनगढीबाट असोज ६ गतेदेखि प्रदेश, स्थानीय सरकारसँग समन्वय गरी बजार अनुगमन गर्न लागेको बताए । 

उनले बजार अनगमन नेपाल सरकारका सम्बन्धित निकायहरू, केन्द्रीय, प्रदेश र स्थानीय अनुगमन समितिबाट भए गरेका काम कारबाहीहरूका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने बताए । 

Global Ime bank

समितिले अनुगमनको लागि विभिन्न ६ वटा संसदीय अनुगमन उपसमिति गठन गरिएको बताए । उपसमितिहरुले प्रदेशका मुख्य व्यापारीक केन्द्रहरू धनगढी, नेपालगञ्ज, सुर्खेत, मोरङ, पोखरा, विराटनगर र वीरगञ्ज लगायतका सहरहरूमा अनुगमन गर्ने उल्लेख गरे । काठमाडौं उपत्यकाका भक्तपुर र ललितपुरका विभिन्न क्षेत्रहरूमा अनुगमन गर्ने जानकारी दिए । अनुगमन उपसमितिले सरोकारवाला निकायहरूसँग संसदीय अनुगमन समितिले छलफल समेत गर्ने बताए । 

उनले भने, "समितिले चाडपर्व लक्षित अनुगमन गर्छ । बजार अनगमन नेपाल सरकारका सम्बन्धित निकायहरू, केन्द्रीय, प्रदेश र स्थानीय अनुगमन समितिबाट भए गरेका काम कारबाहीहरूका बारेमा स्थलगत निरीक्षण गरी जानकारी लिने  । समितिले विभिन्न ६ वटा संसदीय अनुगमन उपसमिति गठन गरिएको छ ।" 

उनले चाडपर्व लक्षित मूल्य वृद्धि, कालोबजारी, मिसावट र कृतिम अभाव लगायतका विषयमा अनुगमन प्रतिवेदन समितिलाई बुझाउने गरी असोज १० गतेदेखि सञ्चालन गरिने बताए ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १६:५४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
Nepal TelecomNepal Telecom
प्रतिक्रिया दिनुहोस्
NchlNchl
Shivam Cement DetailShivam Cement Detail
NepatopNepatop
CG DetailCG Detail
Maruti cementMaruti cement
सम्पादकीय
  एनसेल प्रकरणको खैलाबैला
  एनसेल प्रकरणको खैलाबैला
Corporate BaahrakhariCorporate Baahrakhari
SubisuSubisu