site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
चन्द्र भण्डारीसहित आठजना कांग्रेस केन्द्रीय समितिमा मनोनीत
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठजनालाई केन्द्रीय सदस्यमा मनोनीत गरेका छन् । 

महाधिवेशनबाट निर्वाचित नभएका महाधिवेशन प्रतिनिधिहरूबाट ३३ केन्द्रीय सदस्य देउवाले मनोनीत गर्न पाउँछन् ।

NIC Asia Banner ad
Argakhachi Cement Island Ad

यस अघि पटक–पटक गरी देउवाले २३ केन्द्रीय सदस्यको नियुक्ति गरिसकेका छन् । थप आठ नियुक्ति भइसकेपछि अब देउवाले मनोनीत गर्न पाउने संख्या दुई मात्र बाँकी छ ।

“नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधनसहित) को धारा २१ को उपधारा (१०) बमोजिम मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ,” कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।
 

प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  १४:२५
प्रतिक्रिया दिनुहोस्