site stats
बाह्रखरी :: Baahrakhari
देश
Global Ime bankGlobal Ime bank
सरकार र शिक्षकहरूबीचको वार्ता निष्कर्षविहीन
फाइल तस्बिर ।
SkywellSkywell

काठमाडौं । संसद् सचिवालयमा दर्ता विद्यालय शिक्षा विधेयकको विरोधमा उत्रिएका शिक्षकहरूसँग सरकारले वार्ता थालेको छ । बिहीबार बिहान सिंहदरबारमा शिक्षकहरूले उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग छलफल गरेका हुन् । गृहमन्त्रीसँगको वार्ता भने निष्कर्षविहीन भएको छ ।

कसरी शान्ति सुरक्षा कायम गर्ने र कुन रुटमा आन्दोलन गर्ने भन्ने विषयमा छलफल गरिएको शिक्षक संघका अध्यक्ष विष्णुप्रसाद भण्डारीले बताए ।

Dabur Nepal
NIC Asia

छलफलमा गृहमन्त्री श्रेष्ठले शान्ति सुरक्षा कायम गरेर अघि बढ्न आग्रह गरेको उनले जानकारी दिए । उनले आन्दोलन बानेश्वरबाट माइतीघरसम्म हुने बताए । वार्तामा शिक्षामन्त्री अशोक राई समेत उपस्थित थिए ।

संसद्‌मा दर्ता शिक्षा विधेयकप्रति महासंघले विभिन्न १८ बुँदे माग र असहमति जनाएको छ । सरुवाबढुवा, दरबन्दी, स्थानीय पालिकाअन्तर्गत नबस्नेसम्बन्धी माग छन् । माग पूरा नभएसम्म आन्दोलन नरोकिने महासंघले चेतावनी दिएको छ । देशभरका सामुदायिक विद्यालयका शिक्षकहरू बुधबारदेखि काठमाडौंकेन्द्रित आन्दोलनमा उत्रिएका छन् ।

NIBLNIBL
प्रकाशित मिति: बिहीबार, असोज ४, २०८०  ०९:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
NTCNTC
Dish homeDish home
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
City Express Money TransferCity Express Money Transfer
सम्पादकीय
SubisuSubisu