site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Global Ime bankGlobal Ime bank
Nabil Bank Banner adNabil Bank Banner ad
कृष्ण सिटौलाको प्रश्न– बीपीको समावेशीताको सोचलाई कहाँ छोडेका छौँ ? 
फाइल तस्बिर ।

काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले वर्तमान संविधान निर्माण गर्दा बीपी कोइरालाको समावेशीताको सोचलाई नछोडेको दाबी गरेका छन् । 

नेपाली कांग्रेसले आयोजना गरेको बीपी साहित्य महोत्सवको अन्तिम दिन बुधबार आयोजित कार्यक्रममा बोल्दै उनले उक्त दाबी गरेका हुन् । 

बीपीले भनेका नागरिक अधिकार, न्यूनतम आवश्यकता पुरा नगर्ने कुराहरू संविधानमा भएको मौलिक हकले सम्बोधन गरेको उनले जनाए । 

“विकेन्द्रीकरणको सिद्धान्तमा तीन तहका सरकार छन् । स्वास्थ्य, शिक्षा, रोजगारी, किसानको अधिकार त्यसरी व्यवस्था गरिएको छ । भाषा शब्दमा घुमाउनु परेको छ किन भने त्यहाँ हामीमात्रै थिएनौं,” सिटौलाले भने, “बीपीको समावेशीताको सोचलाई अटाउन समानुपातिक समावेशी भन्यौं । कहाँ छोडेका छौँ बीपी ?

बीपीले २००७ सालको क्रान्ति अगाडि नै संविधानसभाबाट संविधान जारी गर्ने अठोट लिएको उनले जनाए । 

“पछि संसदीय चुनावमा जाँदा पनि संविधानसभा नहुँदा सम्मका लागि भनेर विज्ञप्ति नै जारी गरेको हो,” सिटौलाले स्पष्ट पारे, “बीपीको एउटामात्र धारणाबाट उहाँलाई हेर्नु हुन्न । समग्रतामा हेर्नुपर्छ ।” 

मुलत : नेपाल स्वतन्त्र छ, सार्वभौम छ र यो देशमा जनता सार्वभौम छ भन्ने स्थापित गर्न बीपीको प्रभाव रहेको उनले बताए । 

NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १६:५६
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
national life insurance newnational life insurance new
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
सम्पादकीय
प्रतिगमनको दिवास्वप्न नदेख !
प्रतिगमनको दिवास्वप्न नदेख !
Hamro patroHamro patro