site stats
बाह्रखरी :: Baahrakhari
खेल
Global Ime bankGlobal Ime bank
नेपाली पुरुष भलिबल टिमको चुनौती समाप्त 

काठमाडौं । इरानसँग ३–० को सोझो सेटमा पराजित भएपछि चीनमा जारी १९औँ एसियाली खेलकुदको पुरुष भलिबलमा नेपालको चुनौती समाप्त भएको छ ।

होङझाउस्थित चाइन टेस्क्सटायल सिटी सेन्टरमा भएको खेलमा इरानले पहिलो सेट २५–९ ले सहजै आफ्नो पक्षमा पारेको थियो ।

Dabur Nepal
NIC Asia

दोस्रो र तेस्रो सेटमा नेपालले आफ्नो प्रदर्शनलाई सुधारे पनि हार टार्न भने सकेन । दोस्रो सेट २५–१५ ले जितेको इरानले तेस्रो सेट २५–१३ ले जितेपछि पुरुष भलिबलमा नेपालको चुनौती समाप्त भएको हो ।

समूह ‘बी’ मा रहेको नेपाल यसअघि आफ्नो पहिलो खेलमा बहराइनसँग ३–१ को सेटमा पराजित भएको थियो । समूहबाट शीर्ष दुई टिम नकआउट चरणमा प्रवेश गर्नेछन् । 

एसियन खेलकुदको आधिकारिक उद्घाटन असोज ६ गतेदेखि हुने भए पनि मंगलबारबाट विभिन्न खेलमा प्रतिस्पर्धा सुरु भइसकेको छ ।

Laminar Tiles Banner adLaminar Tiles Banner ad
NIBLNIBL
प्रकाशित मिति: बुधबार, असोज ३, २०८०  १५:५४
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Nepal Life Insurance banner adNepal Life Insurance banner ad
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Shivam Cement DetailShivam Cement Detail
सम्पादकीय
Hamro patroHamro patro